२७ असार, काठमाडौं । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । हाल ८ हजार २३९ कोरोनाको एक्टिभ केश रहेको छ ।
३ हजार ६४८ जनाको कोरोना परीक्षण
विगत २४ घण्टामा ३ हजार ६४८ जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको भएको छ । जसमध्ये ७० जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै २४ हजार ९७ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार २३९ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
४३१ जना निको भए
पछिल्लो २४ घण्टामा ४३१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा.गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ८ हजार ४४२ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये ५०.५ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।
३ संक्रमितको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ वडा–१० शंखमुलका ६० बर्षीय पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी–०६ का ४५ बर्षीय पुरुष र काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा–०४ का ५४ बर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ ।