Nepal's Trusted Health Online Portal

काठमाडौँ उपत्यकामा बिहीबार ८७ जना कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

२२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौँ जिल्लामा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरी ८७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार मुलुकभरी थपिएका कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ८७ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौँका २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा भक्तपुरका १, ललितपुरका २ र काठमाडौँको १५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै वीर अस्पताल काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ५ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ४ र ललितपुरका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

बिआइडिएच ल्याब ललितपुरको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका ९ र ललितपुरका १ जना, वीरेन्द्र अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यका भित्र कोरोना संक्रमित ८७६ जना पुगेका छन् । काठमाडौँमा ६७४, ललितपुरमा १२४ र भक्तपुरमा ७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.