Nepal's Trusted Health Online Portal

आइतबार ९ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३४५ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२८ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण आइतबार थप ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ६ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी ६५/६५ वर्षीया दुई जना र कास्कीकी ४५ वर्षीया एक जना महिलाको मृत्यु भएको छ ।

त्यस्तै मोरङका ६९ वर्षीय एक पुरुष, काठमाडौँका ५९, ५९, ७० र ६४ वर्षीय चार पुरुष, र सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । संक्रमितमध्ये ०.६४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.