Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

२८ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार ८३७ पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

आइतबार उपत्यकामा ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँका २ महिला तथा ४ पुरुषको मृत्यु भएको हो ।

आइतबार देशभरी १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार १ सय ७३ जना संक्रमित निको भएका छन् ।

त्यस्तै गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.