Nepal's Trusted Health Online Portal

मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४८ हजार नाघ्यो

Get real time updates directly on you device, subscribe now.

२३ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ७ महिला र ५ सय ९५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पिसिआर परीक्षण गर्दा ९ सय २ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४८ हजार १ सय ३८ पुगेको छ । नेपालमा हाल १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म ३२ हजार ९ सय ६४ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ६८ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ८ हजार ५३ जना संस्थागत आइसोलेसनमा र ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ५ हजार ३ सय १० जना क्वारेन्टिनमा रहेका छन् ।

हाल १४४ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।
गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये १ जना महिला र ५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.