२३ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३००, ललितपुर ३८ र भक्तपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ९ हजार ७७ पुगेको छ । मंगलबार मुलुकभरी ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ हजार २ सय ८७ जना संक्रमित निको भएका छन् ।
त्यस्तै गत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ