२३ भदौ, काठमाडौँ । नेपालमा कोभिड–१९ बाट मंगलबार थप ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १ महिला र ५ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी ८० वर्षीया १ जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै सुनसरीका ७० वर्षीय एक पुरुष, पर्साका ५४ र ६० वर्षीय दुई पुरुष, काठमाडौँका ८५ वर्षीय एक पुरुष र कपिलवस्तुका ६२ वर्षीय एक पुरुष गरी ५ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । संक्रमितमध्ये ०.६३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।