Nepal's Trusted Health Online Portal

बिहीबार उपत्यकामा ९४२ कोरोना संक्रमित थपिए

४ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार २ सय ३ पुगेको छ ।

गत २४ घण्टा भित्र उपत्यकामा ४ जनाको मृत्यु भएको छ भने देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ९ सय ६१ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.