Nepal's Trusted Health Online Portal

बिहीबार एकैदिन १ हजार ९११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७९ हजार ७२८

Get real time updates directly on you device, subscribe now.

१५ असोज, काठमाडौँ । नेपालमा बिहीबार १ हजार ९ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ नमुना परीक्षण गर्दा ६२८ महिला र १ हजार २८३ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । जसमध्ये ५७ हजार ३ सय ८९ जना निको भइसकेका छन् । अब नेपालमा २१ हजार ८ सय ३० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ सय ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७१.९ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेसनमा र ११ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ५ हजार ७७ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर बिहीबार २ सय २० जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने २५ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र डोल्पा ३ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.