Nepal's Trusted Health Online Portal

सोमबार २ हजार २९७ जना कोरोना संक्रमित थपिए, ३ हजार १३० जना निको भए

Get real time updates directly on you device, subscribe now.

७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६ हजार ५८३ आरटी पीसीआर विधी र ४ हजार ३२१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २९७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ६ लाख ४७ हजार ६५१ पुगेको छ । संक्रमितहरुमा ३९.१८ प्रतिशत महिला र ६०.८२ प्रतिशत पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ । संक्रमितमध्ये ८९.९ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

गत २४ घण्टाभित्र देशभर ४६ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७७२ पुगेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.