Nepal's Trusted Health Online Portal

उपत्यकाको निषेधाज्ञा एक साता थप, जोर बिजोर प्रणालीमा निजी सवारी र बारअनुसार पसल खुल्ने

Get real time updates directly on you device, subscribe now.

६ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः एक हप्ताका लागि थप गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई थप सहज गर्दै असार १४ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

थप गरिएको निषेधाज्ञामा निजी सवारी साधनलाई भने जोर बिजोर प्रणाली अनुरुप चल्न दिइने भएको छ । त्यस्तै सुरुक्षाको उपाय अबलम्वन गरेर फरक बारहरुमा पसल खोल्न दिइने छ ।

त्यस्तै निषेधाज्ञा अवधीमा ट्याक्सीलाई पनि जोर बिजोर प्रणाली अनुरुप चल्न दिइने छ ।

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछन् ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामाग्रीका पसल, कपडा पसल, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ बिहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछन् ।

खाद्य पसल, डिपार्टमेन्ट स्टोर, फलफूल र तरकारी पसल भने पूर्ववत रुपमै हरेक दिन बिहान ११ बजेसम्म खोल्न दिइनेछ ।

उपत्यकामा पछिल्लो पटक असार ७ गते सम्मका लागि निषेधाज्ञा थपिएको थियो । कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिन थालेपछि उपत्यकाका ३ जिल्लामा वैशाख १६ गते देखी निषेधाज्ञा जारी छ ।

जिल्ला प्रशासन काठमाडौंद्धारा जारी आदेशको पूर्णपाठ:

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.