Nepal's Trusted Health Online Portal

काठमाडौं उपत्यकाभित्र थप ३ हजार ५६२ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

३० वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बिहीबार देशभरी ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २१४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ हजार ५५ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख २१ हजार ५१८ अर्थात ७४.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ४ हजार ४६६ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.