Nepal's Trusted Health Online Portal

२४ घण्टामा ८ हजार ६३६ लाई कोरोना संक्रमण, ६ हजार ४०४ संक्रमण मुक्त

Get real time updates directly on you device, subscribe now.

११ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितसँगै अब देशभर १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २२ हजार ३०६ पीसीआर विधी र ६३० एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६३६ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

गत २४ घण्टाभित्र देशभर १६९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ७०० पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख ४ हजार ८८७ अर्थात ७६.६ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

हाल देशभरी ९१४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.