१३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ४१४ पीसीआर विधी र ५७८ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९३९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हिँजो र आज नयाँ संक्रमित भन्दा निको हुनेको संख्या धेरै देखिएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ अर्थात ७७.२ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
अब देशभर १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टाभित्र देशभर १०६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बिहीबार अघिल्ला दिनहरुको तुलनामा मृतकको संख्या घटेको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेकोे छ ।