१३ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ हजार २२६ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ५ लाख ४२ हजार २५६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ४ लाख १८ हजार ८२९ अर्थात ७७.२ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।