६ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८३८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २४ हजार ३०६ पुगेको छ ।
गत २४ घण्टामा ८ हजार ७१५ आरटी पीसीआर विधी र ३ हजार ९०१ एन्टिजेन गरी जम्मा १२ हजार ६१६ नमुना परीक्षण गरिएकोमा २ हजार ८३८ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.५८ प्रतिशत महिला र ६०.४२ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६३७ पुगेकोे छ ।
त्यस्तै १ हजार ४७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ३६ हजार ४०२ छ । संक्रमितमध्ये ९४.६ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।