Nepal's Trusted Health Online Portal

२ हजार ९७७ जनालाई कोरोना संक्रमण, १ हजार ६७८ संक्रमणमुक्त

Get real time updates directly on you device, subscribe now.

८ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख २७ हजार २८३ पुगेको छ ।

गत २४ घण्टामा १३ हजार ६९८ आरटी पीसीआर विधी र ३ हजार ६१० एन्टिजेन गरी जम्मा १७ हजार ३०८ नमुना परीक्षण गरिएकोमा २ हजार ९७७ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.६२ प्रतिशत महिला र ६०.३८ प्रतिशत पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ६७९ पुगेकोे छ ।

त्यस्तै १ हजार ६७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ३९ हजार ३६८ छ । संक्रमितमध्ये ९४.५ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.