१९ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार १८४ पुगेको छ ।
गत २४ घण्टामा ७ हजार ९९५ आरटी पीसीआर विधी र २ हजार ७५२ एन्टिजेन गरी जम्मा १० हजार ७४७ नमुना परीक्षण गरिएकोमा २०५ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४१ पुगेकोे छ ।
मन्त्रालयका अनुसार आइतबार ४३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख ४ हजार ५४४ छ । संक्रमितमध्ये ९७.८ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
अब देशभर ६ हजार ५०७ जना सक्रिय संक्रमित छन् ।