१ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ८ हजार ५०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ८४१ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ५ लाख ४० हजार ४३९ अर्थात ८८.३ प्रतिशत संक्रमणमुक्त भएका छन् ।