१ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ६०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
मंगलबार देशभरी २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टाभित्र देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।