Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणबाट शनिबार थप १८७ जनाको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १८७ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार ४५५ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ४ लाख ४७ हजार ७०४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ३३ हजार १०८ अर्थात ७४.४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.