Nepal's Trusted Health Online Portal

शनिबार थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

१ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

गत २४ घण्टा यता देशभर १८७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५७७ एन्टिजेन परिक्षण गरिएकोमा ८ हजार १६७ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ३३ हजार १०८ अर्थात ७४.४ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ४ हजार ८५६ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.