Nepal's Trusted Health Online Portal

उपत्यकामा थप ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

३१ वैशाख, काठमाडौँ । काठमाडौं उपत्यकामा शुक्रबार थप ३ हजार ३४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा २ हजार ४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार देशभरी ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २०३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ६ हजार १३५ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ अर्थात ७४.५ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ४ हजार ६६९ जनाको मृत्यु भइसकेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.