Nepal's Trusted Health Online Portal

शुक्रबार २०३ जना कोरोना संक्रमितको ज्यान गयो

Get real time updates directly on you device, subscribe now.

३१ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २०३ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ६ हजार १३५ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म ४ लाख ३९ हजार ६५८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख २७ हजार ६५३ अर्थात ७४.५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.