Nepal's Trusted Health Online Portal

कोरोना भाइरस महामारीः दोष डब्ल्युएच्ओको कि चीनको ?

Get real time updates directly on you device, subscribe now.

यही वर्षको जनवरी महिनामा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणका लागि चीनले निकै प्रशंसनीय कार्य गरेको भन्ने दाबी गरिरह्यो । विश्व स्वास्थ्य संगठनले चीन सरकारलाइ भाइरसको अनुवंशिक विवरण तत्कालै दिएको र यसको अनुसन्धानका लागि हदैसम्मको लचकता अपनाएको र अनुसन्धानलाइ पारदर्शी बनाउनको लागि निकै सघाएको दाबी गरिरह्यो ।

तर यसको पछाडि लुकेका केही तथ्यहरु अहिले सार्वजनिक भएका छन् । यी मध्ये चीनले कोरोनाको अनुसन्धानका लागि चाहिने विवरणहरु विश्व स्वास्थ्य संगठनलाइ समयमै उपलब्ध नगराएको र यसले स्वास्थ्य संगठनका कर्मचारी र अनुसन्धानकर्ताहरुलाइ निकै असहज बनाएको अमेरिकी समाचारसंस्था एसोसिएटेड प्रेसको एक अनुसन्धानले देखाएको छ ।

कोरोना भाइरसको उत्पत्ति चीनको वुहानमा भएको भए पनि यसको अनुवंशिक विवरण भने अन्य ३ राष्ट्रमा रहेका प्रयोगशालाले पत्ता लगाइसकेर सार्वजनिक गरिसकेको एक साता पछि बल्ल चीनले आफ्नो विवरण सार्वजनिक गरेको थियो । चीन सरकारको सूचनामाथिको नियन्त्रण र देश भित्रकै सार्वजनिक स्वास्थ्य सेवा क्षेत्रमा रहेको प्रतिस्पर्धाका कारण विवरण समयमै जारी हुन नसकेको एपीले लिएका दर्जनौं अन्तर्वार्ता र आन्तरिक विवरणबाट पुष्टि भएका छन् ।

चीन सरकारले वुहानमा देखिएको भाइरसको अनुवंशिक विवरण चीनकै अर्को एक प्रयोगशालाले जनवरी ११ मा सार्वजनिक गरेपछि मात्रै सार्वजनिक गरेको थियो । त्यस समयमा पनि चीनले विश्व स्वास्थ्य संगठनलाइ विरामीको विवरण र देखिएका केसको पूर्ण विवरण भने दुइ साता पछि मात्रै बुझाएको डब्ल्युएच्ओको जनवरीको आन्तरिक बैठकको रेकर्डमा फेला परेको छ । चीनले आफ्नो विवरण बुझाउँदासम्म त्यहाँ कोरोनाको संक्रमण केही कम भएको थियो ।

चीनले विवरण ढिलो बुझाउँदा सम्म पनि विश्व स्वास्थ्य संगठनका अधिकारीहरु भने चिनियाँ सरकारको तारिफ गरिरहेका थिए यसको कारण भने कोरोनाबारेको थप विवरण प्राप्त गर्नको लागि भएको भनि उल्लेख भएको रेकर्डिङ् एपीले फेला पारेको छ । तर जनवरी ६ मा बसेको एक बैठकमा भने चीनले पर्याप्त विवरण सार्वजनिक नगरेको भन्दै आलोचना गरिएको थियो जुन गोप्य राखिएको थियो । यसले गर्दा भाइरस मानवको संसर्गबाट सर्छ वा सर्दैन र यसले विश्वमा पार्न सक्ने प्रभावबारेको अनुसन्धानलाइ नै प्रभावित बनाइरहेको थियो ।

हामी निकै कम सूचनाको आधारमा काम गरिरहनुपरेको छ, अमेरिकी महामारीविद् मारिया भ्यान खेरखोभले जनवरीको उक्त बैठकमा भनेकी थिइन् अहिले उनी डब्ल्युएच्ओको कोरोना विरुद्दको टेक्निकल टिमको नेतृत्वदायी भूमिकामा छिन् । यति स्पष्ट छ कि हामीले आवश्यक तयारी गर्नका लागि विवरण पाइरहेका छैनौं ।

अहिले हामी यस्तो अवस्थामा छौं कि उनीहरुले हामीलाइ ती विवरण दिइरहेका छन् जुन १५ मिनेट पछि सीसीटिभीमा प्रसारण भइरहेको हुन्छ. स्वास्थ्य संगठनको चीनमा रहेको अफिसका एक उच्च अधिकारी डाक्टर गाउडेन गाइलियाले अर्को एक बैठकमा चिनिया सरकारी समाचार संस्थालाइ उदृत गर्दै भनेका छन् ।

सुरुवाती दिनमा डब्ल्युएच्ओले चीनको प्रशंसा गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने केही साता यता चीनको इशारामा विश्व स्वास्थ्य संगठनले काम गरिरहेको र चीनको कमजोरी ढाकछोप गरिरहेको आरोप लगाइरहेका छन् । उनले विश्व स्वास्थ्य संगठनसंगको सम्बन्ध अन्त्य भएको गत शुक्रवार घोषणा गर्नुको साथै हरेक वर्ष दिदैं आएको ४५० मिलियन अमेरिकी डलर सहयोग पनि कटौतीको घोषणा गरेका छन् ।

तर यी सबका बीच चिनियां राष्ट्रपति सी चिनफिङ्ले भने कोरोना भाइरससंग लड्नका लागि आगामी २ वर्षमा डब्ल्युएच्ओलाइ २ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् साथै उनले चीनले हरेक समय आवश्यक सूचना दिइरहेको दाबी पनि गरेका छन् ।

चीनले दिएको नयाँ सूचनाले अमेरिकी र चिनिंया ब्याख्याको समर्थन त गर्दैन तर पनि स्वास्थ्य संगठनको दयनीय अवस्था अवश्य पनि झल्काउँछ । अन्तर्राष्ट्रिय कानुनमा कुनै पनि देशमा फैलिइरहेको रोगले सार्वजनिक स्वास्थ्यमा असर पार्छ भने उक्त राष्ट्रले डब्ल्युएच्ओलाइ आवश्यक जानकारी दिनुपर्ने बाध्यकारी प्रावधान छ तर राष्ट्रसंघको स्वास्थ्य सम्बन्धि निकायसँग कुनै पनि राष्ट्रलाइ सूचना र विवरण दिनको लागि दबाब दिन सक्ने अधिकार भने छैन । जसका कारण सम्बन्धित देशले दिएको विवरणमा यसले काम गर्न परिरहेको छ ।

अन्तर्राष्ट्रिय कानुनको बाध्यकारी प्रभावधानका बाबजुद पनि विभिन्न रेकर्डिङ्का अनुसार विश्व स्वास्थ्य संगठन आफैं पनि चीनले दिएको सिमित सूचना र विवरणका कारण अंध्यारोमा बस्न बाध्य रहेको देखाएको छ । यसका बाबजुद पनि अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनले चीनलाइ सहयोगी भूमिकामा देखाउन चाहिरहेको देखायो कारण थियो थप जानकारी हासिल गर्नका लागि तर पनि उनीहरुले अपेक्षाकृत रुपमा पारदर्शीता भने पाउन सकेनन् ।

डब्लुएचओका कर्मचारीले भाइरसको अनुवंशिक र विरामीको विवरण पाउनको लागि चिनिया अधिकारीलाइ आक्रोशित नबनाइकन जानकारी कसरी हासिल गर्नेबारे पनि छलफल गरेका थिए । तर अथक प्रयासका बाबजुद केही पनि हासिल भने हुन सकेको थिएन ।

जनवरीको दोश्रो हप्ता विश्व स्वास्थ्य संगठनको आपतकालीन विभागका प्रमुख डाक्टर माइकल रायनले अब भने भिन्न तरिकाले प्रस्तुत हुनपर्ने र चीनमाथि दबाब बढाउनपर्ने आफ्ना सहकर्मीलाइ बताएका थिए ।

अहिलेको अवस्था भनेको पहिलेको जस्तै देखिएको छ । हामीले चीनबाट थप जानकारी लिन खोजिरहेका छौं तर हामीलाइ चाहिने विवरणहरु भने आइरहेका छैनन् र हामीलाइ निकै कम र छानेर विवरणहरु दिइएको छ । सन् २००२ मा चीनबाट फैलिएको सार्स भाइरसलाइ इंगित गर्दै उनले भने ।

डाक्टर रायनले चीनलाइ अन्य राष्ट्रको सम्भावित कारबाहीका कदमबाट बचाउनको लागि उपलब्ध जानकारीहरुको आधारमा डब्ल्युएच्ओले आफ्नै विश्लेषण तयार पार्ने र यसबाट एक मानिसबाट अर्को मानिसमा संक्रमण हुने सम्भाव्यता अनुसन्धान गर्ने बताएका थिए । यसका साथै रायनले चीनले अन्य राष्ट्रले अन्य समयमा जस्तै सहयोग नगरेको पनि बताएका थिए ।

यस्तो कंगोमा पनि भएको थिएन भने कंगो र अन्य देशमा हुने पनि छैन । हामीले ती विवरण हेर्नुपर्छ अहिलेको लागि सबैभन्दा महत्वपूर्ण त्यही नै छ उनले भने ।

चीनको ढिला सुस्तीका कारण भाइरसको अनुवंशिक अनुसन्धानमा असर पारेको थियो जसका कारण यसको संक्रमणको माध्यम पत्ता लगाउन कठिन भइरहेको थियो भने यसले गर्दा भाइरसको संक्रमण अन्य देशमा फैलिइरहेको थियो । साथसाथै भ्याक्सिन र औधषीको परिक्षणमा भइरहेको ढिलाइको कारण पनि विवरणको उपलब्धतामा भइरहेको ढिलाइलाइ पनि औंल्याइएको छ । विरामीहरुको विवरण यसको फैलावटबारे अनुसन्धान गर्नकालागि आवश्यक हुने गरेको भएपनि समयमै उपलब्ध नभएको कारण यसको संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने यकिन हुन पनि ढिलाइ भएको थियो ।

चीनले जनवरी २ मा भाइरसको अनुवंशिक विवरण तयार पारेको थियो भने विश्व स्वास्थ्य संगठनले कोरोनालाइ अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा जनवरी ३० मा गरेको थियो । त्यो समयमा भाइरसको संक्रमण १०० देखि २०० गुणाको अनुपातमा बढिरहेको चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्याङ्कले देखाएको थियो । अहिलेसम्म विश्वभर करिब ६६ लाख मानिसहरु यो भाइरसबाट संक्रमित भइसकेका छन् भने ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

यदी चीनले समयमा नै विवरण दिएको थियो भने हामीले मृत्युदर रोक्न सक्थ्यौं । यसमा डब्ल्युएच्ओले पनि तदारुकता नदेखाएको शंका उत्पन्न हुन्छ । युनिभर्सिटि अफ वासिङ्टनका प्राध्यापक अलि मोकदादले भने ।

तर पनि चीनसँग विश्व स्वास्थ्य संगठन कडा स्वभावका साथ प्रस्तुत भएको भए अहिले उपलब्ध सूचना पनि गुम्ने सम्भावना रहेको मोकदादको तर्क छ ।

एपीले आफ्नो अनुसन्धानात्मक सामाग्रीमा उल्लेख गरेका अधिकारीहरुलाइ सम्पर्क गरेको भएपनि उनीहरुले कुनै प्रकारको प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । तर विश्व स्वास्थ्य संगठनले भने आफ्नो वचाउ गर्दै विज्ञप्ती भने जारी गरेको छ ।

‘हाम्रो नेतृत्व र कर्मचारीले रातदिन नभनिकन संस्थाको मुल्य मान्यता अनुसार सबै सदस्य राष्ट्रलाइ उपलब्ध जानकारी दिएको थियो साथै सबै सरकारसँग यस विषयमा हरसम्भव सम्पर्क र अन्तरक्रिया गरेको छ’ विज्ञप्तीमा उल्लेख छ ।

यस विषयमा चीनको विदेश मन्त्रालयले पनि केही प्रतिक्रिया दिएको छैन तर केही महिना यता चीनले भने आफ्नो बचाउ गर्दै आएको छ ।

‘यसको प्रकोप सुरु भएको पहिलो दिनदेखि नै हामीले उपलब्ध सूचनाहरु डब्ल्युएच्ओ र अन्तर्राष्ट्रिय समुदायसँग सेयर गर्दै आएको छौँ’ चीनको नेशनल हेल्थ कमिसनको अन्तर्राष्ट्रिय विभागका एक अधिकारी लिउ मिङ्झुले मे १५मा भनेका थिए ।

कोरोनाको अनुवांशिक विवरण पत्ता लगाउनको लागि दौडधुप डिसेम्बरको अन्त्यदेखि नै सुरु भएको विश्व स्वास्थ्य संगठनका विभिन्न दस्तावेजमा उल्लेख छ । वुहानमा केही चिकित्सकहरुले ज्वरो र सास फेर्नमा कठिनाइ भएका विरामीका स्याम्पल केही निजी ल्यावमा पठाएका थिए ।

डिसेम्बर २७ मा भिजन मेडिकल ल्यावले गरेको केही स्याम्पलको परिक्षणमा सार्ससंग मिल्दोजुल्दो अनुवंशिक विवरण पत्ता लगाएको थियो । उक्त ल्यावले आफुले पत्ता लगाएको विवरण वुहानका सरकारी अधिकारीलाइ दिएको थियो भने चाइनिज एकेडेमी अफ मेडिकल साइसेन्सलाइ पनि दिइएको थियो ।

डिसेम्बर ३० मा वुहानमा स्वास्थ्य अधिधकारीहरुले इन्टरनल मेमो बनाएर भिन्न किसिमको निमोनिया देखिएको भन्दै सचेत गराएको थियो जुन पछि सामाजिक संजालमा लिक भएको थियो । सोही दिन वुहान इन्ष्टिच्युट अफ भाइरोलोजीका कोरोना भाइरस विज्ञ सि झेङ्लीलाइ पनि यसबारे सचेत गराइएको थियो । झेङ्लीले सन् २००२ मा सार्स भाइरस चेमेरोबाट फैलिएको भन्ने पत्ता लगाएका थिए । नयाँ भाइरस देखिएको थाहा पाएपछि उनले साङ्घाइको एक कन्फ्रेन्स छाडेर वुहान नै फर्किए ।

त्यसको अर्को दिन चाइनाको सिडिसिका निर्देशक गाओ फुले विज्ञको एक समुह वुहान तर्फ पठाए । साथै डिसेमब्बर ३१ मा विश्व स्वास्थ्य संगठनले कोरोनाबारे जानकारी पाएको थियो तर सो जानकारी चीनले दिएको थिएन ।

जनवरी १ मा डब्ल्युएच्ओले चीनलाइ औपचारिक रुपमा जानकारी दिनको लागि आग्रह गर्यो । अन्तर्राष्ट्रिय कानुन अनुसार कुनै पनि राष्ट्रले २४ देखि ४८ घण्टा भित्र जानकारी गराउनुपर्ने प्रावधान छ । यसको २ दिनमा मात्रै चीनमा ४४ नयाँ संक्रमण फेला परेको थियो ।

जनवरी २ सम्ममा सि झेङ्लीले भाइरसको पूर्ण अनुवंशिक विवरण तयार गरिसकेका थिए जुन उनको इन्स्टिच्युटको वेभसाइटमा उल्लेख गरिएको थियो ।

वैज्ञानिकहरुले चीनले निकै छोटो समयमा भाइरसको अनुवंशिक विवरण तयार गर्न सक्षम भएको दाबी गरेका थिए । सार्सको प्रकोपको समयमा चीनले विकास गरेको आफ्नो अनुसन्धान पद्दतिका कारण विश्व स्वास्थ्य संगठनले सार्स पत्ता लगाउनु केही महिना अघि नै यकिन गरिसकेको दाबी गरिँदै आएको छ ।

तर उक्त विवरण सेयर गर्ने विषयमा भने अवस्था चिन्ताजनक बन्दै गयो ।

जनवरी ३ मा नेशनल हेल्थ कमिसनले एक गोप्य सूचना जारी गर्यो जुन केवल कोरोना भाइरस परीक्षण गरेका ल्यवलाइ थियो । उक्त सूचनामा ती ल्यावलाइ स्याम्पल नष्ट गर्न वा तोकिएका संस्थामा पठाउनको लागि निर्देशन दिइएको थियो ।

यसका साथै कुनै पनि ल्यावलाइ सरकारी स्वीकृति बिना भाइरसबारे कुनै प्रकारका जानकारी सार्वजनिक गर्न प्रतिबन्ध लगाइएको थियो । यसका कारण सि झेङ्लीको प्रयोगशालाले भाइरसको अनुवंशिक विवरण सार्वजनिक गर्न पाएन ।

चिनिया कानुनले कुनै पनि अनुसन्धान संस्थाले नयाँ खतरनाक भाइरसबारे कुनै प्रकारको परिक्षण सरकारी निकायको अनुमतिबिना गर्न पाउँदैन । यस प्रकारको नियमनले परीक्षणलाइ सुरक्षित बनाउने भए पनि जानकारीमाथिको नियन्त्रण भने सरकारी निकायलाइ दिने गर्छ ।

यदी भाइरोलोजिष्टहरुलाइ स्वतन्त्रता दिइएको थियो भने सर्वसाधारणले यसको असरबारे अगाडी नै जानकारी पाउने थिए जेझ्याङ् विश्वविद्दालयका प्रोफेसर एडवार्ड ग्यु र नर्थ वेष्टर्न युनिभर्सिटीका पीएचडी गर्दै गरेका लि ल्याटियनले तयार पारेको अनुसन्धानत्मक पेपरमा उल्लेख छ ।

तर चीनका स्वास्थ्य अधिकारीहरुले भने उक्त कदम ल्यावको सुरक्षाका लागि चालिएको दाबी गर्दै आएका छन् । साथै ४ विभिन्न सरकारी ल्यावलाइ अनुवंशिक विवरण सही भएको यकिन गर्न क्रस म्याचको लागि भनिएको दाबी गरेका छन् ।

जनवरी ३ मा चीनको सीडिसी आफैंले पनि भाइरसको अनुवंशिक विवरण तयार गरेको एसोसिएटेड प्रेसले उल्लेख गरेको छ । जनवरी ५ मा नै चीन सरकारले तोकेको अर्को सरकारी ल्याव, चाइनिज एकेडेमी अफ मेडिकल साइन्सले पनि भाइसरको अनुवंशिक विवरण तयार पारेको र रिपोर्ट बुझाएको चिनियां सरकारी संचारमाध्यमको अन्तर्वार्तामा उल्लेख गरिएको छ ।

चीनका ३ ल्यवाले अनुवंशिक विवरण अनुसन्धान गरेपछि पनि चिनियां स्वास्थ्य अधिकारीहरु भने यसलाइ सार्वजनिक गर्न आनाकानी गरेका थिए । यता विश्व स्वास्थ्य संगठनले भने ट्वीटरमा भाइरसको विषयमा अनुसन्धान भइरहेको र वुहानमा कुनै पनि मृत्यु नभएको उल्लेख गर्दै यस विषयमा थप विवरण जम्मा गर्ने क्रममा रहेको बताएको थियो ।

झण्डै २ साता वुहानमा नयाँ संक्रमण देखाइएका थिएनन्, सरकारी अधिकारीहरुले शंकास्पद केसबारे चुप बस्नलाइ सबैलाइ निर्देशन गरेका थिए । यसैबीच अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको नयाँ प्रकार फेला परेको र यसले प्रोटिनको सहायतामा मानव कोशमा प्रवेश गर्ने पत्ता लगाए । यो नयाँ तथ्यले गर्दा पनि चीनका स्वास्थ्य अधिकारीहरुले मानिसको सम्पर्कबाट यो नसर्ने भन्ने कुरामा विश्वस्त भइ बसे ।

पेन्सिलभेनिया युनिर्भसिटिका कोरोना भाइरस अनुसन्धानकर्ता लि याइजले भने उक्त भाइरस संक्रमणात्मक रहेको भन्ने जानकारी एक ग्रुप च्याटमा फेला परेको अनुवंशिक विवरणको अनुसन्धान पछि थाहा पाए । चिनियां स्वास्थ्य अधिकारीहरुले विदेशी विज्ञहरुको सहयोगलाइ अस्वीकार गरे जसमा हङ्कङ्का वैज्ञानिकलाइ पनि वुहानमा भइरहेको तथ्प पत्ता लगाउने अनुसन्धानमा संलग्न हुन अनुमति दिइएन भने युनिभर्सिटी अफ चाइनामा रहेका एक अमेरिकी प्राध्यापकलाइ समेत अनुसन्धानबाट टाढै राखियो ।

जनवरी ५ मा साङ्घाइ पब्लिक क्लिनिकल हेल्थ सेन्टरले सरकारी ल्यावमध्ये सबैभन्दा अन्तिममा भाइरसको अनुवंशिक विवरण तयार पार्यो । विश्व विख्यात भाइरोलोजिष्ट झ्याङ् योङ्झेनको नेतृत्वमा भएको उक्त प्रक्रिया पछि उनले अहिले देखिएको सार्स जस्तो भाइरस एकबाट अर्को मानिसमा सर्न सक्ने भन्ने चेतावनी दिइएको थियो ।

‘यो भाइरस एक मानिसबाट अर्को मानिसमा संक्रमण हुन सक्छ स्वास प्रश्वासका अंगबाट’ उनले पठाएको चेतावनीमा भनिएको छ । यसबाट बच्नको लागि आवश्यक तरिकाहरु अपनाइनु निकै महत्वपूर्ण छ ।

सोही दिन विश्व स्वास्थ्य संगठनले चीनले दिएको जानकारीका आधारमा एक मानिसबाट अर्कोमा भाइरस सरेको प्रमाण नदेखिएको भन्दै कुनै प्रकारको सुझाव जारी गरेन ।

त्यसको एक दिनमै चिनियां सीडिसीले आपतकालिन अवस्थालाइ दोश्रो तहमा पुगेको दाबी गर्दै आफ्ना कर्मचारीलाइ भाइरस नियन्त्रणका लागि परिचालन गर्यो, ल्यावमा स्याम्पल टेष्ट गर्दा अपनाउनुपर्ने सुरक्षा निर्देशिका तयार गर्यो, टेष्ट किटहरु बनायो । तर सर्वसाधारणलाइ चेतावनी दिने अधिकार भने नरहेको भन्दै चुप बस्यो । इमर्जेन्सी लेभल २ पुगेपनि सीडिसीका कतिपय कर्मचारीलाइ यो कुराको कुनै जानकारी पनि थिएन ।

जनवरी ७ सम्ममा वुहान विश्वविद्यालयले पनि भाइरसको अनुवंशिक विवरण तयार पारेको थियो जुन सि झेङ्लीको विवरणसंग मिल्न पुग्यो । तर पनि चिनियां सीडिसीका विज्ञहरु उक्त रिपोर्टमा उल्लेख भएका कुरामा विश्वस्त हुन सकेनन् र उनीहरुले उक्त डेटा प्रकाशन गर्नुपुर्व पुनः अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले सबै श्रेय आफैंले लिन चाहन्थे यस कारणले उनीहरुले ढिलासुस्ती गरेरहे सि झेङ्लीले भने ।

भाइरसको अनुवंशिक विवरण तयार गर्नको लागि निकै समय लागेपछि चिनियां सीडिसीकै कर्मचारीलाइ पनि शंका बढ्दै गयो ।

‘हामीलाइ पनि शंका लाग्न थालिसकेको थियो, जिन सिक्वेन्सिङ्को रिपोर्ट भनेको १ वा २ दिन आइसक्ने कुरा हो’ चिनियां सरकारी ल्यावका एक कर्मचारीले भने ।

जनवरी ८ मा वाल स्ट्रिट जर्नलले वैज्ञानिकहरुले एक नयाँ किसिमको कोरोनाभाइरस निमोनिया लागेका वुहानका विरामीमा फेला परेको समाचार प्रकाशन गर्यो । अमेरिकी पत्रिकाले उक्त खबर सार्वजनिक गरेसंगै चिनियाँ अधिकारीहरुको लागि यो लज्जाको विषय बन्न पुग्यो भने चीनको सरकारी ल्यावमा काम गरिरहेका केही कर्मचारीले पनि यो कुरा उक्त समाचारबाट नै थाहा पाए ।

उक्त समाचार प्रकाशन भएपछि चीनको सरकारी संचारमाध्यमले पनि नयाँ किसिमको कोरोनाभाइरस फेला परेको भनि समाचार सम्प्रेषण गर्यो । यसका बाबजुद पनि चीन सरकारले भाइरसको अनुवंशिक विवरण, टेष्ट कीट र विरामीका विवरण विश्व स्वास्थ्य संगठनलाइ दिएन जुन रोग कति संक्रात्मक छ भन्ने अनुसन्धानमा सहयोगी सिद्द हुन सक्थ्यो ।

त्यस समय अविधसम्मा विभिन्न क्षेत्रमा उक्त भाइरसका शंकास्पद केसहरु देखिन थालिसकेका थिए ।

जनवरी ८ मा थाइल्याण्डको एअरपोर्टमा एक चिनियां महिलालाइ त्यहाँका सुरक्षाकर्मीले सोधपुछका लागि रोके । वुहानबाट आएकी ती महिलालाइ रुघाका साथै घाँटी दुखेको र ज्वरो आइरहेको थियो । थाइल्याण्डको चुलालोङ्कोर्न विश्वविद्यालयका प्रोफेसर सुपापोर्न वाचाराप्लुसादेको टोलीले ती महिलामा नयाँ संक्रमण देखिएको पुष्टी गरे । त्यसपछि सुपापोर्नले स्याम्पलको अनुवंशिक विवरण अनुसन्धान गरे जुन जनवरी ९ मा तयार भएको थियो र उनले विवरण थाइ सरकारलाइ दिए । त्यसको भोलीपल्टनै उनले सोही किसिमका लक्षण भएका मानिसहरु खोजेर जेनिटिक सिक्वेन्स गर्न थाले ।

तर चिनियाँ अधिकारीहरुले अनुवंशिक विवरण सार्वजनिक नगरेकाले सुपापोर्नले त्यसलाइ प्रमाणित गर्न कुनै आधार पाइनन् ।

हामी त पर्ख र हेरको अवस्थामा बस्यौं जब चीनले विवरण सार्वजनिक गर्यो त्यसपछि मात्रै हामीले तुलना गर्न सक्यौं सुपापोर्नले भनिन् ।

जनवरी ९ मा एक ६१ वर्षिया पुरुषको भाइरसका कारण वुहानमा मृत्यु भयो जुन पहिलो मृत्यु थियो तर यसको बारेमा जानकारी जनवरी ११ मा मात्रै सार्वजनिक गरियो ।

विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले आन्तरिक बैठकमा बारम्बार चीनलाइ थप जानकारीका लागि आग्रह गरिरहेको भएपनि नपाएको गुनासो गर्दै आएका थिए । ती जानकारी र विवरण मुख्यतः मानिस मानिसमा सर्ने कुरा एकिन गर्नको लागि प्रयोग गरिने थियो ।

हामीले औपचारिक र अनौपचारिक दुबै रुपमा यसबारेका विवरण मागिरहेका थियौं तर हामीले केही पनि पाएनौं डब्ल्युएच्ओका चीन प्रतिनिधि गालियाले भने ।

जनवरी ११ मा झ्याङ् योङ्झेनको समुहले अनुवंशिक विवरण भाइरोलोजिकल डट ‌ओआरजीमा सार्वजनिक गर्यो । झ्याङ् योङ्झेनको यो कदमबाट आक्रोशित बनेका चिनियां सीडिसीका अधिकारीहरुले झ्याङ्को ल्याव नै केही दिनका लागि बन्द गरिदिएका थिए । यस विषयमा चिनियां स्वास्थ्य अधिकारीहरुले कुनै प्रकारको प्रतिक्रिया जनाउन चाहेनन् ।

चीनमा देखिएको भाइरसको अनुवंशिक विवरण पाएपछि सुपापोर्नले आफूले तयार पारेको विवरणसंग म्याच गर्दा सत् प्रतिशत मिलेको देखियो । थाइल्याण्डको अर्को ल्यावमा गरिएको परिक्षणमा पनि उस्तै नतिजा आयो र सोही दिन थाइल्याण्डले विश्व स्वास्थ्य संगठनलाइ यसबारे जानकारी गरायो ।

जनवरी १२ मा चिनियां सीडिसी, वुहान इन्स्टिच्युट अफ भाइरोलोजी र चाइनिज एकेडेमी अफ मेडिकल साइन्सले पनि आफुले तयार पारेका विवरण सार्वजनिक गरे । त्यस समयसम्ममा करिब ६०० जना संक्रमित भइसकेका थिए भने अरु देशले भाइरसको अनुवंशिक विवरण थाहा पाइसकेका थिए ।

संक्रामक रोगका विज्ञ जोन म्याकेन्जीले चिनियां वैज्ञानिकहरुले भाइरसको सिक्वेन्सिङ् छिटो र छोटो समयमा गरेको भएपनि सरकारको ध्यान पुगेपछि भने विवरण आउनलाइ ढिलाइ भएको बताउँछन् ।

त्यो समयमा केही कुरा पनि जानकारीमा थिएन । एक मानिसबाट अर्को मानिसमा सर्ने क्रम जारी थियो । मलाइ त लागेको थियो उनीहरु त्यो अवस्थासम्ममा कुरा सार्वजनिक गर्नुपर्ने मनस्थितिमा पुगिसकेका थिए ।

जनवरी ३ मा विश्व स्वास्थ्य संगठनले थाइल्याण्डमा भाइरसको नयाँ संक्रमण देखिएको घोषणा गर्यो यसले चिनियाँ अधिकारीहरुलाइ चकित तुल्याइदियो ।

त्यसको भोली पल्ट नै चिनिया उच्च स्वास्थ्य अधिकारीहरुले देशलाइ महामारीबाट बच्नको लागि तयारी गर्न निर्देशन दिए जसलाइ उनीहरुले २००३ मा देखिएको सार्स भन्दा निकै कठिन भएको बताएका थिए । त्यस निर्देशनसंगै चिनियाँ सीडिसीका अधिकारीहरुले देशभर स्क्रिनिङ्, आइसोलेसन र परिक्षण बढाउँदै लगे ।

उच्च सतर्कता अपनाइरहँदा चिनियाँ अधिकारीहरुले एक मानिसदेखि अर्को मानिसमा सर्ने सम्भावना न्यून रहेको बताएका थिए ।

भ्यान खर्खोभले एक पत्रकार सम्मेलनको क्रममा भनेकी थिइन् एक मानिसदेखि अर्को मानिसमा संक्रमण हुन सक्ने सम्भावना छ । तर केही घण्टामै विश्व स्वास्थ्य संगठनले ट्वीट् गर्दै एक मानिसबाट अर्को मानिसमा सरेको कुनै स्पष्ट प्रमाण चिनियाँ अधिकारीहरुले गरेको अनुसन्धानबाट नदेखिएको जनायो ।

जनवरी २० मा वुहानबाट फर्किएका संक्रमण सम्बन्धि विज्ञको रुपमा चिनिएका विख्यात सरकारी डाक्टर झोङ् नानसानले पहिलो पटक सार्वजनिक रुपमा भाइरस एक मानिसबाट अर्को मानिसमा सरिरहेको घोषणा गरे । त्यसपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ्ले महामारी सम्बन्धी जानकारी समयमै जारी गर्न निर्देश गरे ।

यसका बाबजुद पनि डब्ल्युएच्ओले विरामीकाबारेमा पूर्ण विवरण संकलन गर्न धेरै प्रयास गरिरहन पर्यो । सोही दिन संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्बन्धी निकायले आफ्नो एक टीम २ दिनका लागि चिनियाँ शहर वुहान पठायो ।

उक्त समुहलाइ बढ्दै गएको संक्रमणकोबारेमा बताइएपनि उनीहरु कहाँ र कसरी संक्रमित भए भन्नेबारे केही पनि जानकारी दिइएन । संक्रमणको स्रोत, यसको फैलिने सम्भाव्यता र संक्रमणको जोखिममा रहेको समुहबारे विश्व स्वास्थ्य संगठनको समुह अनभिज्ञ नै रह्यो ।

डब्ल्युएच्ओको आन्तरिक बैठकमा गालियाले चिनियाँहरुले खुलस्त रुपमा एक मानिसबाट अर्को मानिसमा सरेको कुरा बताएको जानकारी गराएका थिए । उनले जेनेभा र मनिलामा गराएको जानकारीका क्रममा पनि चीनले यो कुरा सर्वसाधारणलाइ जानकारी गराउनलाइ आग्रह गरेको तर भय सृजना गराउन भने नचाहेको बताएका थिए ।

जनवरी २२ मा विश्व स्वास्थ्य संगठनले नयाँ संक्रमणलाइ विश्व स्वास्थ्य संकटकाल घोषणा गर्ने या नगर्ने भन्ने विषयमा छलफल गरेको थियो । उक्त छलफलको क्रममा विज्ञहरु नै यस विषयमा दुइ पक्षमा बाँडिएका थिए भने चीनले वुहान शहरलाइ नै क्वारेन्टिनमा परिणत गरेको थियो । त्यसको भोलीपल्ट नै डब्ल्युएच्ओका प्रमुख टेड्रोस अढानोमले कोरोना भाइरस सिमित संख्यामा मात्रै फैलिएको घोषणा गरेका थिए । त्यसको केही दिनसम्म पनि चीनले आवश्यक विवरणहरु भने अझै पनि सार्वजनिक गरेको थिएन ।

जनवरी २८ मा टेड्रोस र अन्य विज्ञको एक समुहले चीनको राजधानी बेइजिङ् भ्रमणमा गएको थियो । भ्रमणको समयमा उक्त टोलीले चिनियां राष्ट्रपति सी चिनफिङ् र अन्य सरकारी अधिकारीहरुलाइ भेटेको थियो । डब्ल्युएच्ओका प्रमुखले यस प्रकारसँग कुनै महामारीको विषयमा अनुसन्धान गर्न जानु सामान्य कुरा भने थिएन । त्यस भ्रमणको समयमा उनको टोलीले चीन सरकारसँग अनुसन्धानका लागि चाहिने जानकारीको एउटा सूची नै लिएर गएको थियो ।

डब्ल्युएच्ओले उक्त भ्रमणबारे जानकारी दिदैं चीनले अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको समुहलाइ आउन दिने कुरामा सहमति जनाएको बताइएको थियो । जनवरी २९ को पत्रकार सम्मेलनमा टेड्रोसले चिनियाँ नेतृत्वको प्रतिवद्दताको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

त्यसको भोलीपल्ट नै विश्व स्वास्थ्य संगठनले कोरोनालाइ अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकालको रुपमा घोषणा गरेको थियो ।

‘हामीले साँच्चै नै चीनले चालेको कदमलाइ लिएर धन्यवाद ज्ञापन गर्नुपर्छ । उसले गरेको काम प्रति सधै आदर र सद्भाव देखाउनुपर्छ । भाइरस फैलिन नदिनको लागि उसले चालेको कदम निकै सरहानिय छ’, टेड्रोसले भने ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.