२१ जेठ, काठमाडौं । नेपालमा बुधबार नयाँ २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या २ हजार ३ सय पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म देशभर २०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दोलखाका कोरोना संक्रमित ७६ बर्षीय वृद्धको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
त्यस्तै हालसम्म देशका ६४ जिल्लाहरुमा कोरोनाको संक्रमण फैलिएको र संक्रमित मध्ये अहिलेसम्म २७८ जना निको भएर घर फर्किइसकेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।