विश्वमा लकडाउन अहिले विस्तारै खुकुलो बनाइदैछ ।
बेलायतमा अहिले मानिसहरु एकअर्कालाइ भेट्न पाइरहेका छन् भने त्यहाँ विद्यालय पनि खुलिसकेका छन् त्यस्तै कार सोरुम र बजारहरु पनि व्यवसायमा फर्किइसकेका छन् ।
तर केही विज्ञहरु जसले सरकारलाइ पनि सुझाव दिइरहेका छन् उनीहरु भने अहिले विभिन्न देशहरुले अपनाइरहेको नयाँ तरिका प्रति खुशी छैनन् । उनीहरुको दाबी अनुसार मन्त्रीहरुले हतारमा निर्णय गरिरहेका छन् ।
तत्काल लकडाउन हटाउनुलाइ उनीहरुले एक खतरनाक कदमको संज्ञा दिएका छन् ।
अहिले हामी कस्तो अवस्थामा छौं ?
लकडाउनको समयमा भन्दा अहिलेको अवस्थामा धेरै सुधार आइसकेको छ ।
इंग्ल्याण्डमा मार्च २३ सम्ममा दैनिक रुपमा करिब १ लाख नयाँ संक्रमण देखिएको थियो जुन दिन बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गरेका थिए । अहिले भने यो संख्या करिब ८ हजारमा झरेको छ ।
“पहिलाको तुलनामा अहिलेको संख्या भनेको १० गुणाले कम हो तर यसमा अझै पनि विचार गर्नुपर्ने अवस्था छ” लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनका डाक्टर एडम कुरमार्चस्कीले बीबीसीलाइ भने ।
अहिले संक्रमणको दर पनि पहिलेको तुलनामा निकै कम रहेको छ । कुरमार्चस्कीका अनुसार लकडाउन पूर्व १० जना संक्रमितले ३० जनालाइ यो भाइरस फैलाउने सम्भावना थियो तर अहिले यो घटेर १० जनाले ८ जनालाइ मात्रै सार्ने गरेको तथ्य फेला परेको छ ।
यसका बाबजुद पनि अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानले भने बेलायतलाइ अझै पनि लकडाउन हटाउने राष्ट्रहरुमध्ये खतराको सूचीमा अझै पनि रहेको देखाएको छ ।
खतरा केमा रहेको छ ?
बीबीसीका विज्ञान सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले खतरा अझै पनि नटरेको र भाइरसको युद्दमा कौसलता देखाउने अवस्था आइनसकेको र अहिलेको तथ्याङ्कले पनि थप सतर्कता अपनाउनुपर्ने देखाएको बताउँछन् ।
“अहिले व्यक्तिबाट सर्ने संक्रमण एकजनामा झर्दैछ तर बढ्ने सम्भावना पनि बढ्दैछ हामीले अझै पनि नयाँ संक्रमण झन् बढ्दै गएको देखाएको छ ।“
लकडाउन खुलाइयो भने मानिसहरुको सम्पर्क झन् बढ्दै जानेछ र यसले भाइरसको संक्रमण फेलाउदै लैजाने सम्भावना बढाउने भ्यालेन्सले बताए ।
लकडाउन खुकुलो बनाउनुले संक्रमण फैलनलाइ थप प्रश्रय दिने भएपनि यसको यथार्थ भूमिकाबारे अहिलेसम्म यकिन भने भइसकेको छैन ।
बेलायतमा अहिले लकडाउन खुलाइयो भने अहिले बढिरहेको संक्रमित संख्यालाइ यसले बढावा दिइरहनेछ । अहिले दैनिक रुपमा रहेको ८ हजार नयाँ संक्रमण लकडाउन खुलाएपछि पनि उति नै रहने सम्भावना रहेको विज्ञहरुले चेतावनी दिएका छन् ।
“संक्रमण दर घटेमा यसले दोश्रो वेभ आउनुअघि तयारी गर्नको लागि थप समय दिन सक्छ तर यसका लागि अहिलेको लकडाउनलाइ निरन्तरता दिनुपर्ने देखिन्छ ।“
सेकेण्ड वेभ आउँछ त ?
अहिले संक्रमितको संख्या घट्दै गइरहेको छ र योसंगै मानिसहरुको प्रतिरोधी क्षमता पनि घट्दै गइरहेको छ । यसको अर्थ सेकेण्ड वेभको सम्भावना बढी नै छ तर यसमा महत्वपूर्ण भूमिका भने सरकारको तयारीमा निर्भर रहने गर्छ ।
सरकारले बनाउने योजनाले संक्रमण रोक्ने उपाय र यसको नियमनमा भर पर्छ ।
“सतर्कता अपनाइरहेको खण्डमा संक्रमण बढ्ने सम्भावना कम रहन्छ । यसलाइ हामी सेकेण्ड वेभ पनि नभनौं यसलाइ दोश्रो धक्कामात्रै भनौं” एडिनबर्ग विश्वविद्यालयका प्राध्यापक मार्क उलहाउसले भने ।