Nepal's Trusted Health Online Portal

४ स्वास्थ्यकर्मी सहित एकैदिन थपिए २८८ कोरोना संक्रमित, नेपालमा संक्रमित २ हजार नाघे

Get real time updates directly on you device, subscribe now.

२० जेठ, काठमाडौं । नेपालमा एकैदिन २८८ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ देखिएका कोरोना संक्रमितमा काठमाडौ मेडिकल कलेजका ४ स्वास्थ्यकर्मी पनि रहेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ स्वास्थ्यकर्मी सहित २८८ नयाँ संक्रमण देखिएको बताएका हुन् ।

धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा ३८ पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा १० धरानमा गरिएको परिक्षणमा १ जना भेरी अस्पतालमा गरिएको परिक्षणमा २० सुर्खेतको प्रयोगशालामा ६४ दैलेखमा ३७ हेटौंडामा १ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ र सेती अस्पतालमा गरिएको परिक्षणमा १८ जनाको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा धेरै काठमाडौंमा गरिएको परिक्षणमा १ सय १८ जनाको रिपोर्ट पोजिटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । ८ जना संक्रमितको ज्यान गएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.