१७ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका २२६ नयाँ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले २२६ संक्रमित थपिएसँगै नेपालकमा संक्रमितको संख्या १७९३ पुगेको जानकारी दिएका हुन् ।
नयाँ संक्रमित मध्ये २१३ पुरुष र १३ महिला छन् ।