Nepal's Trusted Health Online Portal

कोरोनाबाट बाजुराकी २ बर्षीया बालिका र दैलेखका ३५ बर्षीय पुरुषको मृत्यु भएको पुष्टि

Get real time updates directly on you device, subscribe now.

१८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सातौं र आठौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोे छ ।

आइतबार बिहान २ः३० बजे मृत्यु भएकी बाजुराकी २ बर्षीया बालिकामा कोरोना पोजिटिभ देखिएको छ । उनको सेती प्रादेशिक अस्पतालमा भएको स्वाब परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

बालिका सहित ८ दिन अघिमात्र उनका आमावुवा भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला लाग्न थालेपछि जेठ १५ गते बाजुरा अस्पतालमा भर्ना गरिएको थियो । बालिकाको स्वाब १६ गते संकलन गरिएकोमा मृत्यु लगत्तै रिपोर्ट आएको हो ।

त्यस्तै शनिबारै मृत्यु भएका दैलेख जिल्ला दुल्लु नगरपालिका–११ का ३५ बर्षीय पुरुषको पनि कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । मृतक पुरुष दुल्लु नगरपालिका–०७ खोटाङ्गीनीमा रहेको नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा थिए ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिला, बाँकेका २५ बर्षीय युवक, गुल्मीका ४१ बर्षीय शिक्षक, बारा कलैयाका ७० बर्षीय वृद्ध, ललितपुर बुङ्मतीका ५६ बर्षीय पुरुष र अर्घाखाँची भुमिकास्थानका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.