१८ जेठ, काठमाडौं । नेपालमा आइतबार नयाँ १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा बिहीबार दिउँसोसम्म देशभर १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दैलेखमा मृत्यु भएका एक ३५ बर्षीय पुरुष र बाजुरामा मृत्यु भएकी २ बर्षीया बालिकामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै डडेल्धुरामा मृत्यु भएका ६ बर्षीय बालक, गुल्मीमा मृत्यु भएका ५६ बर्षीय पुरुष र काठमाडौंको एक निजि अस्पतालमा मृत्यु भएका एकजनाको पनि कोरोना परीक्षण प्रक्रियामा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।
संक्रमित मध्ये अहिलेसम्म २२० जना निको भएर फर्किइसकेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
प्रदेशगत संक्रमितको संख्या :
प्रदेश १ : १६५
प्रदेश २ : ६२४
बागमती : ४५
गण्डकी : २३
प्रदेश ५ : ५६०
कर्णाली : १२३
सुदूरपश्चिम : २७