Nepal's Trusted Health Online Portal

कोरोनाबाट पाल्पाका ४५ बर्षीय पुरुषको मृत्यु, नेपालभर १० जनाको ज्यान गयो

Get real time updates directly on you device, subscribe now.

२२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट दशौँ व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनी ५ दिन अघिमात्र भारतबाट आएका थिए ।

भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि ३ दिन अघि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको २० गते नै मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिला, बाँकेका २५ बर्षीय युवक, गुल्मीका ४१ बर्षीय शिक्षक, बारा कलैयाका ७० बर्षीय वृद्ध, ललितपुर बुङ्मतीका ५६ बर्षीय पुरुष र अर्घाखाँची भुमिकास्थानका एक युवक, बाजुराकी २ बर्षीया बालिका, दैलेखका ३५ बर्षीय पुरुष र दोलखाका ७६ बर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.