१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट राज्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी नेपाली कांग्रेसका समानुपातिक सांसद हुन् ।
नवनियुक्त राज्यमन्त्री श्रेष्ठले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई सपथ ग्रहण गराएका हुन् ।