२० साउन । प्युठानमा २ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका २ जना बिरामीमा हैजा देखिएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार गौमुखी गाउँपालिकाका १२ र ३५ वर्षका पुरुषमा हैजाको संक्रमण देखिएको हो । ३ जना बिरामीको नमुना परीक्षणका लागि बुटवल पठाइएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनीहरूको अवस्था सामान्य रहेको पनि पौडेलले जानकारी दिए ।
जिल्ला अस्पतालमा ६ जना झाडापखालाको बिरामीमध्ये ३ जना भने उपचार पछि घर फर्केका छन् ।