Nepal's Trusted Health Online Portal

उपत्यकामा चल्ने सवारीमा जोरबिजोर हट्यो, फागुन १ गतेबाट विद्यालय खुल्ने

Get real time updates directly on you device, subscribe now.

२३ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीमा जारी जोरबिजोर प्रणाली हटेको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै आदेश जारी गरी जोरबिजोर प्रणाली हटेको जानकारी दिएका छन् ।

यसअघि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

सीसीएमसीसीको सिफारिस बमोेजिम तीनै जिल्ला प्रशासन कार्यालयहरुले जारबिजोर प्रणाली लागु नहुने आदेश जारी गरेका हुन् ।

कोरोना भाइरसको तेस्रो लहरको संक्रमण तीब्र रुपमा फैलिएपछि भिडभाड कम गर्न भन्दै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुले काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा माघ ८ गतेदेखि जोर बिजोर प्रणाली लागु हुने आदेश जारी गरेका थिए ।

उपत्यकामा चल्ने सवारीमा जोरबिजोर लागु गरिएपनि सार्वजनिक सवारीमा भिड बढ्न थालेपछि माघ १४ गतेदेखि सार्वजनिक सवारीमा भने जारेबिजोर हटाइएको थियो । जोरबिजोरको व्यवस्थाले सार्वजनिक सवारीमा झन् भिडभाड भएको भन्दै जारेबिजार प्रणालीको आलोचना भएको थियो ।

त्यस्तै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा आगामी फागुन १ गतेबाट विद्यालय खोल्ने पनि उल्लेख छ । विद्यालय सञ्चालनका लागि जनस्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गरिनुपर्नेछ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले पनि कोरोना संक्रमणदर घट्दै गएको भन्दै हाल बन्द रहेका विद्यालयहरु आगामी फागुन १ गतेबाट सञ्चालन गर्न दिन सिफारिस गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका आदेशानुसार उपत्यकाभित्र कुनैपनि आमसभा, जुलुस, सभा, सम्मेलन, मेला, भेला, जात्रा, महोत्सव लगायतका भिडभाडजन्य कार्यक्रम तथा क्रियाकलापहरुलाई भने निषेध गरेको छ ।

त्यस्तै सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपरमार्केट तथा पसलहरुमा जाँदा अनिवार्य पूर्ण खोपकार्ड देखाउनुपर्ने आदेशमा भनिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय ललितपुरद्वारा जारी आदेशको पूर्णपाठः

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.