Nepal's Trusted Health Online Portal

कोरोना भाइरसः शुक्रबार मध्यरातिदेखि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागु

Get real time updates directly on you device, subscribe now.

६ माघ, काठमाडौं । कोरोना संक्रमण दर तीब्र रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकामा शुक्रबार देखि जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलि शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जोर बिजोर प्रणालीमा सवारी सञ्चालन गर्न लागिएको हो ।

बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको थियो । बैठकले शुक्रबार मध्यरातदेखि सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णयानुसार तीनै जिल्ला प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै आदेश जारी गरेका छन् ।

आदेशानुसार सार्वजनिक गाडीमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने तथा चालक–सहचालकले अनिवार्य मास्क र फेससिल्ड लगाउन पर्नेछ । त्यस्तै सार्वजनिक यातायात सञ्चालनका लागि अनिवार्य स्यानिटाइजार लगायत स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ।

जिल्ला प्रशासन काठमाडौंद्दारा जारी आदेशको पूर्णपाठः

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.