Nepal's Trusted Health Online Portal

आजदेखि सार्वजनिक ठाउँमा जान र सेवा लिन खोप कार्ड अनिवार्य

Get real time updates directly on you device, subscribe now.

७ माघ, काठमाडौं । गृह मन्त्रालयले आजदेखि सार्वजनिक स्थानमा हिँड्डुल गर्न कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य गरेको छ ।

त्यस्तै सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक ठाउँमा जान वा सार्वजनिक सेवा लिनका लागि खोप लगाएको प्रमाण रुवरुप कार्डको फोटो मोबाइलमार्फत देखाए पनि हुने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने आदेश जारी गरेका छन् ।

सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश दिन पनि जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.