Nepal's Trusted Health Online Portal

राष्ट्रपतिले लगाइन् कोरोना विरुद्धको खोप

Get real time updates directly on you device, subscribe now.

२ चैत, काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छन् । भण्डारीले सोमबार त्रि.वी.शिक्षण अस्पतालको खोप कार्यक्रममा सहभागी भई खोप लगाएकी हुन् ।

दोस्रो प्राथमिकतामा परेकाहरुको खोप कार्यक्रममा नै सहभागी भएकी राष्ट्रपति भण्डारीले आफ्नै उमेर समुहको खोप अभियान अन्तर्गत खोप लगाउन कुरेर बसेको भएतापनि बङ्गलादेश भ्रमणमा जानुपर्ने भएकाले अहिले नै लगाउनु परेको बताइन् । भण्डारीले सबै नागरिकहरुलाई ढुक्क भएर खोप लगाउन आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विश्व नै कोरोना महामारीबाट गुज्रिरहेका बेला यति छोटो समयमा नेपालमा कोभिड–१९ विरुद्धको खोप ल्याउन सफल भएकोमा नेपाल सरकार र अन्य सम्बद्ध निकायलाई धन्यवाद समेत दिएकी छन् ।

दोस्रो प्राथमिकता अनुरुप सरकारले हाल ६५ बर्ष माथीका ज्येष्ठ नागरिकहरुलाई खोप लगाइरहेको छ । यस अघि प्रधानमन्त्री केपी ओली र प्रमुख दलका शिर्ष नेताहरुले पनि खोप लगाइसकेका छन् ।

हालसम्म १५ लाख ५५ हजार ४११ जनालाई कोभिड–१९ विरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.