५ माघ, काठमाडौं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षण शुल्क घटाएको छ । पीसीआर परीक्षण शुल्क घटाउन संसदीय समितिमा प्रश्न उठेपछि मुल्य घटाइएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अब घटेको शुल्क अनुरुप सरकारी अस्पताल र प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८०० रुपैयाँ लाग्नेछ भने निजी प्रयोगशालाहरुमा १५०० रुपैयाँ तोकिएको छ ।
सरकारी अस्पताल र सरकारी प्रयोगशालामा लक्षण भएकाहरुको भने निःशुल्क परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारी ल्याब तथा अस्पतालमा एक हजार रुपैयाँ र निजी अस्पताल तथा प्रयोगशालाहरुमा दुई हजार शुल्क लिने गरिएको थियो ।