Nepal's Trusted Health Online Portal

बुधबार उपत्यकाका थप ६,३४३ मा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

५ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ६ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३० हजार २०८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा बुधबार काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

बुधबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा २२ हजार ३०, ललितपुरमा ५ हजार २२६ र भक्तपुरमा २ हजार ९५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ६१३ जना भने कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख १८ हजार १६० अर्थात ९३.१ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६२८ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.