८ जेठ, काठमाडौं । कोभिड–१९ विरुद्ध लड्न स्वीट्जरल्याण्डले नेपाललाई ८० करोड अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
स्वीट्जरल्याण्ड सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिजावेथ भोन केप्लरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।
विशेष कार्गो उडान मार्फत नेपाल ल्याइएको स्वास्थ्य सामग्रीहरुमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर तथा ११ लाख थान एन्टिजेन टेस्ट किट, १ लाख १० हजार थान मास्क, ५० हजार थान पञ्जा तथा १५ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) रहेको बताइएको छ ।