Browsing Category
स्वास्थ्य समाचार
निजी अस्पतालमा काम नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन
५ भदौ, भेरीगंगा (सुर्खेत) । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई सरकारी अस्पतालको सेवा छोडेर निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ ।
सरकारी चिकित्सक कार्यालय समयमा निजी अस्पताल तथा मेडिकलमा काम गर्ने गरेको…
स्वास्थ्य मन्त्रालयद्वारा लिखित स्पष्टीकरण माग
५ भदौ, जनकपुर । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण मागेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि…
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकमा डा. प्रेमराज पंगेनी
४ भदौ, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको निर्देशकमा सह प्रा.डा. प्रेमराज पंगेनी नियुक्त भएका छन् ।
डा. पंगेनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी सोही प्रतिष्ठानमा सहप्राध्यापक छन् ।
कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा
४ भदौ, कैलाली । कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ८० हजार जना आँखासम्बन्धीका बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।
गेटा आँखा अस्पताल र सोही अस्पतालअन्तर्गत रहेका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूबाट…
जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु
चितवन, ३ भदौः जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको…
जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति र ११ जनाको मृत्यु
३ भदौ, काठमाडौं । जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको…
पाठ्यक्रम परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण
३ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानूकुल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि तयार पारेको समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ ।
आज…
स्वच्छ वातावरणले मात्र जीवन स्वस्थ हुन्छ : मुख्यमन्त्री कँडेल
३ भदौ, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ मानव जीवनका लागि वातावरण स्वच्छ राख्नुपर्ने बताउनुभएको छ ।
यही भदौ ४ गतेको कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज…
डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु
३ भदौ, खोटाङ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान…
स्वर्णप्राशनसम्बन्धी निर्देशिका स्वीकृत
२ भदौ, काठमाडौं । आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्णप्राशन कार्यक्रमलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट उक्त निर्देशिका स्वीकृत गरेको छ ।…