Nepal's Trusted Health Online Portal

५०० बढी संक्रमित हुने जिल्ला २० पुगे

Get real time updates directly on you device, subscribe now.

१४ माघ, काठमाडौं । कोभिड–१९ का ५०० बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या २० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०० बढी संक्रमित हुने जिल्लाको सुचीमा आज सिराहा थपिएको छ ।

मन्त्रालयका अनुसार कर्णालीबाहेकका ६ प्रदेशका २० जिल्लाहरुमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार प्रदेश नं १ मा मोरङ, सुनसरी र झापा, मधेश प्रदेशमा धनुषा, सप्तरी र सिराहा, बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र नुवाकोट जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।

त्यस्तै गण्डकी प्रदेशमा कास्की, नवलपरासी पुर्व र तनहुँ, लुुम्बिनी प्रदेशमा बाँके, रुपन्देही र दाङ तथा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

त्यस्तै पर्सा, बारा, महोत्तरी, सर्लाही, रौतहट, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, नवलपरासी, सुर्खेत र कञ्चनपुर जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.