Nepal's Trusted Health Online Portal

भारतीय कम्पनिको ‘जिएचसी ह्यान्ड स्यानिटाइजर’ विक्रि–वितरणमा प्रतिबन्ध

Get real time updates directly on you device, subscribe now.

३० कात्तिक, काठमाडौं । औषधि व्यवस्था विभागले एक भारतीय कम्पनिको स्यानिटाइजरको विक्रि–वितरणमा रोक लगाएको छ ।

विभागले भारतीय कम्पनि ग्लोबल हेल्थ केयरले उत्पादन गरेको जिएचसी ह्यान्ड स्यानिटाइजर ५०० एम.एल.को विक्रि–वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर विषाक्त (मेथानोल) पाइएकाले ब्याच नम्बर ऋब्च्भ्(ज्ञज्ञ(द्दद्द को उक्त स्यानिटाइजर नेपाली बजारमा प्रतिबन्ध गरिएको विभागले जनाएको छ ।

उक्त स्यानिटाइजर बजारबाट तुरुन्त फिर्ता गरि सो को विवरण विभागमा पेश गर्न पनि विभागले स्यानिटाइजर कम्पनिलाई निर्देशन दिएको छ ।

विभागले उक्त स्यानिटाजरको सिफारिस, विक्रि–वितरण र प्रयोग समेत नगर्न पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.