Nepal's Trusted Health Online Portal

वीर अस्पतालको वर्न युनिटलाई वर्न सेन्टर बनाइने

Get real time updates directly on you device, subscribe now.

१५ जेठ, काठमाडौं । सरकारले वीर अस्पतालको वर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न वर्न सेन्टर बनाउने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले काठमाडौंको वीर अस्पतालमा रहेको वर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न वर्न सेन्टरको रुपमा विकास गर्न आवश्यक बजेट छुट्टयाएको बताए ।

अर्थमन्त्री डा.महतले वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्रका लागि समेत आवश्यक पूर्वाधार विकास तथा उपकरण खरिद गर्न बजेट व्यवस्था गरेको बताए ।

त्यस्तै, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि पनि बजेट व्यवस्था गरिएको छ ।

निजामती अस्पतालको स्तरोन्नति गरी सुपर स्पेशियालिटी सहितको अस्पतालको रूपमा विकास गरिने पनि डा.महतले बताएका छन् । उनले प्रादेशिक अस्पतालको समन्वयमा प्रदेश स्तरमा निजामती अस्पतालको सेवा विस्तार गरी निजामती कर्मचारीहरूले सुलभ रूपमा उपचार सेवा प्राप्त गर्ने व्यवस्था मिलाइने बताए ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.