१५ जेठ, काठमाडौं । सरकारले डेगुं रोकथाम तथा नियन्त्रणका लागि “डेङ्गी रोग सार्ने लामखुट्टेको लार्भा र वासस्थान खोज र नष्ट गर अभियान” सञ्चालन गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले डेगुं रोकथाम तथा नियन्त्रणका लागि सो अभियान सञ्चालन गरिने बताए ।
अर्थमन्त्री डा.महतले डेङ्गी रोग रोकथाम तथा नियन्त्रणका लागि पूर्व(मनसुन, मनसुन र मनसुन पश्चात पनि लामखुट्टेको लार्भा र वासस्थान खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिने बताएका हुन् ।
उनले डेगुंसँगै औलो, कालाजार, हात्तीपाइले लगायतका अन्य मौसमी र किटजन्य रोगको रोकथाम गर्न आवश्यक रकम विनियोजन गरेको जानकारी दिए ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ ।