काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेल्जियमबाट काठमाडौं आएकी २२ बर्षीय युवतीमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको हो ।
उनी चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आएकी थिईन् । संक्रमित युवती अहिले चिकित्सकको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बागलुङ घर भएकी उनी कतार हुँदै नेपाल आएकी थिइन् । बागलुङ पुगेर घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी उनको लक्षण देखिएपछि नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
शनिबार आएको उनको रिपोर्टमा कोभिड-१९ पोजिटीभ देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । एकजना भने निको भईसकेका छन् ।