Nepal's Trusted Health Online Portal

कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहको २ करोड

उनले हिमानी ट्रष्ट मार्फत आफ्नो र परिवारको तर्फबाट कोषमा दुई करोड रुपैयाँ सहयोग गरेका हुन् ।

Get real time updates directly on you device, subscribe now.

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि २ करोड सहयोगको घोषणा गरेका छन् ।

उनले हिमानी ट्रष्ट मार्फत आफ्नो र परिवारको तर्फबाट कोषमा दुई करोड रुपैयाँ सहयोग गरेका हुन् ।

शाहले एक सन्देश मार्फत कोरोना महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरेका छन् ।

“राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ” शाहद्धारा जारी सन्देशमा भनिएको छ ।

शाहद्धारा जारी पूर्ण वक्तव्य :

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.