Nepal's Trusted Health Online Portal

कोरोना संक्रमणको आशंकामा काठमाडौंमा एकै परिवारका ३ पाटन अस्पताल भर्ना

Get real time updates directly on you device, subscribe now.

 

काठमाडौं । आरडिटी टेस्ट पोजिटिभ देखिएपछि राजधानी काठमाडौंको पेप्सीकोला स्थित सनसाइन अर्पाटमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनालाई कोरोनाको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

२८ दिन अघि बेलायतबाट आएका उनीहरुको र्यापिड डायगोनस्टिक टेष्टमा कोरोना पोजटिभ देखिएपछि उनीहरुलाइ तत्काल अस्पताल भर्ना गरिएको र पुष्टिको लागि नमुना प्रयोगशाला पठाइएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।

आरडिटी परिक्षणमा कोरोना पोजिटिभ देखिएको छ तर यो नै अन्तिम नतिजा भने होइन । पिसिआर टेष्ट गरेपछि बल्ल यसको बारेमा यकिन हुन्छ र यसका लागि नमुना केन्द्रिय प्रयोगशालामा पठाइएको छ । पिआिर रिपोर्ट भोलीसम्ममा आउँछ र यसबारे यकिन हुन्छ, रिपोर्ट नआउन्जेल हामी उहाँहरुलाई आइसोलेसनमा राखेका छौं, निर्देशक शर्माले बताए ।

सनसिटी अर्पाटमेन्टको ए ब्लकमा बसिरहेका उनीहरुलाइ कोरोनाको प्रारम्भिक लक्ष्यण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो ।

एकै परिवारका छोरा, बुहारी र आमालाइ कोरोनाको शंकामा अस्पताल लगेपछि प्रहरीले सनसिटी अर्पाटमेन्ट शिल गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.