Nepal's Trusted Health Online Portal

बिहीबार थप १ हजार १११ जनामा कोरोना संक्रमण, ५६९ निको भए

कुल संक्रमित ३५ हजार ५ सय २९

Get real time updates directly on you device, subscribe now.

११ भदौ, काठमाडौं । नेपालमा बिहीबार थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ३४ महिला र ७ सय ७७ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । नेपालमा हाल १५ हजार २ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

विगत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ६९ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २० हजार ७३ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५६% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

हाल ९ हजार ४ सय ८८ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ६३ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार २ सय १० जना होम आइसोलेसनमा रहेका छन् । १४७ जना आइसियुमा उपचाररत रहेका छन् । १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुुसार मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही बारा, ललितपुर र काठमाडौं गरी ९ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ र हुम्ला गरी २ वटा जिल्ला संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.